काठमाडौं । इँटाले उत्पादनशील माटोको नाश गर्ने भन्ने बुुझेपछि यसको विकल्पमा वातावरणमैत्री निर्माण सामग्री कसरी बनाउन सकिन्छ भनेर सोधखोजमा लागेका इन्जिनियर कृष्णभक्त दुवाल तब ढुक्क भए जब उनले इको प्यानलबाट घर निर्माण गर्न सकिन्छ भनेर ढुुक्क भए । नेपालमा वातावरणमैत्री निर्माण आवश्यक रहेको भन्दै सन् २०१४ देखि खोजबिन गर्दै बहराइन, कोरिया, इटाली, किर्गिस्तान, चीनमा अध्ययन भ्रमण गरेका दुवालको संलग्नतामा नेपालमा गोर्खा इको प्यानलको स्थापना भएको थियो ।
आफैंले स्थापना गरेको गोर्खा कम्पनीबाट बाहिरिँदै इन्जिनियर दुवालले इको प्यानल नै उत्पादन गर्ने नेपाल इको प्यानल कम्पनी खडा गरेका छन् ।
‘इको प्यानल नेपाल प्रालि’ नामको अर्को कम्पनीसमेत दर्ता गरी भक्तपुरको झौखेलमा उद्योग स्थापनागरी काम थालिसकेको छ । ‘उद्योग सेटअपको काम लगभग सकेर अबको दुई सातामा प्यानलको व्यावसायिक उत्पादन नै सुरु गरी बजारमा ल्याउने तयारीसमेत थालिसकेको छ ।
यो उद्योगको उपकरण खरिदमा मात्र १० करोड रूपैयाँ लगानी भएको बताइएको छ । यसका लागि आवश्यक उपकरण कम्पनीले सोझै चीनबाट मगाएको हो ।
कम्पनीले दुई किसिमका प्यानल उत्पादन गर्ने जनाएको छ । आठ र नौ फिट लम्बाइ भएका प्यानल उत्पादन हुने इन्जिनियर दुवालले बताए । उत्पादन हुने दुईवटा प्यानलमध्ये नेपाल इको प्यानलको मूल्य २ सय रूपैयाँदेखि ४ सय रूपैयाँ पर्ने बताइएको छ ।
नेपाल इको प्यानल ब्रान्डका इको प्यानल बजारमा आउँदै
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका इन्जिनियर कृष्णभक्त दुवालले अहिले उत्पादनको अन्तिम तयारीमा पुगेको जानकारी दिए । ‘भक्तपुरको चाँगुनारायण नगरपालिका झौखेलको १० रोपनी जमिन लिजमा लिई अहिले त्यहाँ कारखाना राखिएको छ । कम्पनीले यस अगाडि नै सामान उत्पादन गर्ने योजनो थियो । तर लकडाउनका कारण केही ढिला भएको कम्पनीले जनाएको छ ।
ईपीएस, बालुवा, सिमेन्ट र दुईतिर क्याल्सिएम सिल्केट बोर्ड राखेर इको प्यानल उत्पादन गर्ने गरिन्छ । साथै कम्पनीले नेपालमै पहिलोपटक इनोभेटिभ इको प्यानल एरेटेड स्यानबीच इको प्यानल बनाउने दाबी गरेको छ । दुईतिर साढे चार एमएमको क्याल्सिएम सिल्केट बोर्ड र बीचमा बालुवा सिमेन्ट र विशेष प्रकारको हलुका बनाउने केमिकल मिसाएर यो बनाइन्छ । यसलाई चलनचल्तीको भाषामा एरेटेड स्यानबीच इको प्यानल पनि भनिन्छ । कम्पनीले निकट भविष्यमा यूपीभीसीका झ्यालढोका पनि उत्पादन गर्ने जनाएको छ ।
इको प्यानल उद्योगका धेरै विशेषतामध्ये एउटा विशेषता क्लिन इनर्जीको मात्रै प्रयोग हुनु हो । इको प्यानल उत्पादनका लागि शतप्रतिशत क्लिन इनर्जी मात्रै प्रयोग गर्ने कम्पनीले जनाएको छ । अर्थात् इको प्यानलको उत्पादनमा डिजेललगायतका प्रयोग नगरी विद्युत्को मात्रै प्रयोग गर्ने जनाएको छ ।
कम्पनीको वार्षिक क्षमता ५ लाख वर्ग मिटर इको प्यानल उत्पादन गर्ने रहेको जनाइएको छ । सस्टेनेवलिटी इन कन्सटक्सन टेक्नोलोजी (निर्माण प्रविधिमा दिगोपना) नाराका साथ कम्पनीले आफ्नो उत्पादन थाल्ने जनाएको छ ।
इको प्यानल भनेको बाहिरी तथा भित्री पार्टेसन वालको रूपमा प्रयोग हुने निर्माण सामग्री हो । इँटाको विकल्पमा भित्री तथा बाहिरी पार्टेसन वालको रूपमा इको प्यानलको प्रयोग हुन्छ । हलुका, भूकम्प प्रतिरोधी हुनुलगायतका कारण पछिल्ला समय इको प्यालनको लोकप्रियता बढ्दो छ ।
कम्पनीका सीईओ दुवालले पुुल्चोक क्याम्पसबाट नवीकरणीय ऊर्जा इन्जिनियरिङबाट ग्रायजुसन गरेका थिए । हाल वातावरणीय इन्जिनियरिङमा वुहान युनिभर्सिटीबाट विद्यावारिधि गर्दै गरेका छन् । ख्वप कलेजमा इनर्जी ब्यान्ड इन्भारोभेन्ट अध्यापन गराएका दुवालले चीनमा खेतीयोग्य जमिन एक चौथाइ नासिने भएकाले इँटालाई उत्पादन गर्न नदिने गरेको बताए । भारतको दिल्लीमा पनि दिल्लीबाट १ सय किलोमिटर परसम्म इँटा भट्टा राख्न नदिने गरेको जानकारी दिए । ढिलो चाँडो नेपालमा पनि यो अवस्था आउने बुुझेका उनले इँटाको विकल्पमा इको प्यानल बनाउने निधो गरेका हुन् ।
सन् २०१४ मा नेपालमा मात्र नभई दक्षिण एसियामा नै उनले इको प्यानल भिœयाएका हुन् । नेपालमा टनेल क्लिन टेक्नोलोजीबाट इँटा उत्पादन गर्ने प्रविधिसमेत भिœयाएका उनले पोखरामा नयाँ प्रविधिमा वातावरणमैत्री इँटा उत्पादनका लागि समेत कार्य थालिसकेका छन् ।
Source: rajdhani daily