भक्तपुर । पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धन प्राप्त एक्मी इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले भक्तपुरस्थित नेपाल इको प्यानलको अवलोकन भ्रमण गरेका छन् । कलेजमा विई सिभिल पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरु सिभिल इन्जिनियरिङ मेटेरिअल विषय अन्तर्गतको व्यवहारिक ज्ञानको लागि फिल्ड भिजट गरेका हुन् ।
टोलीमा दुई शिक्षक तथा ४५ विद्यार्थी रहेका थिए । उनीहरुलाई फ्याक्टी म्यानेजर सुजन सुजखूले नेपाल इको प्यानलका विभिन्न विशेषताहरु डेमोष्टेशन गरेर देखाएका थिए ।
बैकल्पिक निर्माण सामाग्रीको रुपमा नेपालमा आएको भूकम्प प्रतिरोधी र वातावरणमैत्री निर्माण सामाग्रीकोबारे जानकारी दिलाउन इन्जिनियरिङका विद्यार्थीहरुलाई नेपाल इको प्यानलमा भ्रमण गराएको एक्मी इन्जिनियरिङ कलेजका भाइस प्रिन्सिपल पारीश्वर आचार्यले बताए । भ्रमणमा सहभागी एक विद्यार्थीले पुस्तकमा पढेका विषय फिल्डमा गएर देख्न पाउँंदा खुुशी व्यक्त गरे ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले नेपाल इको प्यानल एउटा फ्याक्टी मात्रै नभई वैकल्पिक निर्माण सामाग्रीको अध्ययन अनुसन्धान थलोको रुपमा विकास गर्दै लाने उद्देश्यले विभिन्न समयमा विद्यार्थी कलेजहरुका विद्यार्थीहरुलाई भ्रमण गराउँंदै आएको स्मरण गरे ।
नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा रहेको आधुनिक निर्माण सामाग्री हो । यसको कर्पाेरेट कार्यालय भक्तपुरको सल्लाघारीमा रहको छ भने कारखाना जिल्लाकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।
जव एक्मी इन्जिनियरिङका कलेजका विद्यार्थी नेपाल इको प्यानलमा आए………….
15 Apr, 2024
