काठमाडौं, १४ मंसिर । नेपाल इको प्यानलको नयाँं डिलरशिप दाङमा पनि थपिएको छ । न्यु मनकामना टे«डर्स घोराही, दाङले डिलरशिपको जिम्मा पाएको हो ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले नयाँं डिलरशिप न्यु मनकामना ट्रेडर्स घोराही दाङका प्रोपाइटर दुर्गा रेग्मीलाई डिलरशिप प्रमाणपत्र वितरण गरे ।
न्यु मनकामना टे«डर्स घोराही दाङले यसअघि विदेशबाट आयातित इको प्यानलहरुको डिलरशिप राखेर विक्रीवितरण गर्दै आएको थियो ।
आयातित इको प्यानलकै हाराहारी मूल्यमा नेपाल इको प्यानल आएकाले नेपाली प्यानलको पनि विक्रीवितरण सुरु गरेको उनले बताए ।
आयातित इको प्यानलहरुको जोडाईमा च्यानलको प्रयोग हुने तर नेपाल इको प्यानलको जोडाईमा आफनै एडिसिभ सिमेन्ट प्रयोग हुने भएकाले हेर्दा यो आकर्षक देखिने र मजबुद पनि हुने हुनाले यसको माग उच्च रहने विश्वास उनले व्यक्त गरे ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशनको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री हो ।
हलुका, भूकम्पप्रतिरोधीलगायतका विशेषता कारण यो प्यानलको माग देशभरि रहँंदै आएको छ । यही मागलाई ध्यानमा राखी कम्पनीले दाङमा पनि थप डिलरशिप दिएको जनाएको छ ।
यसको मुख्य कार्यालय भने भक्तपुरको सल्लाघारीमा रहेको छ । कारखाना भने भक्तपुरकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।