काठमाडौँ । नेपालमै पहिलोपल्ट एरेटेड प्रविधिमा प्रिफ्याब्रीकेटेड (कारखानामा पहिल्यै उत्पादन गरि निर्माणस्थानमा जडान गर्न मिल्ने) इको प्यानल उत्पादन हुने भएको छ । झण्डै दश करोड लगानीमा भक्तपुरमा नेपालकै ठूलो एरेटेड इको प्यानल (इटाको विकल्पमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने) उत्पादन उद्योग सञ्चालनमा आउने भएको हो । २०७८ वैशाखदेखि उत्पादन सुरु गर्ने योजनाका साथ इको प्यानल नेपाल प्रालिले  अहिले धमाधम काम गरिरहेको छ ।

भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलको १० रोपनी जमिनमा  अहिले फ्याक्ट्री निर्माणको कामहरु भइरहेको हो । अहिले त्यहाँं वेयर हाउस (मेशिन राख्ने ठाउँ)को निर्माण कार्य भइरहेको छ । इको प्यानल नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले चीनबाट आवश्यक मेशिन ल्याउने सम्झौता भइसकेको जानकारी गराए । उद्योगका लागि आवश्यक मेशिन ल्याउनका लागि चीनको फुजियानस्थित एसएल मेशिनरी म्यानफ्याक्चरर कम्पनी लिमिटेडसँंग मेशिन खरिद गर्न र स्थापनाका लागि सम्झौता भइसकेको जानकारी सीईओ इन्जिनियर दुवालले गराए ।

उद्योगले विभिन्न प्रकारका प्रिफ्याब इको प्यानलहरुको उत्पादन गर्नेछन् । इपीएस९ चलनचल्ती को भाषामा थर्मोकोल०, बालुवा, सिमेन्ट र दुईतिर  ४.५ मिमीको क्याल्सिएम सिल्केट बोर्ड राखेर प्रिफ्याब इको प्यानल उत्पादन हुने जनाइएको छ । साथै कम्पनीले नेपालमै पहिलो पटक एरेटेड प्रविधिमा प्रिफ्याब इको प्यानल (दुईतिर साढे चार एमएमको क्याल्सिएम सिल्केट वोर्ड र वीचमा बालुवा सिमेन्ट र विशेष प्रकारको हलुका बनाउने केमिकल मिसाएर) बनाइने दावी गरेको छ । जसलाई चलनचल्तीको भाषामा एरेटेड  प्रिफ्याब प्यानल पनि भनिन्छ ।

एरेटेड प्रिफ्याब प्यानलहरु अहिले भारत लगायत अन्य तेस्रो मुलुकहरुबाट वर्षेनी करोडौं रुपैयाको आयात भैरहेकोमा नेपालमै उत्पादन हुने भएपछी देशको थुप्रै रकम बाहिर जानबाट रोकिने सीईओ इन्जिनियर दुवालले जानकारी दिए । इको प्यानल उद्योगका धेरै विशेषताहरुमध्ये एउटा विशेषता क्लिन इनर्जीको मात्रै प्रयोग हुने जनाइएको छ । इको प्यानल उत्पादनका लागि शतप्रतिशत क्लिन इनर्जी मात्रै प्रयोग गर्ने कम्पनीले जनाएको छ अर्थात् इको प्यानलको उत्पादनमा डिजेललगायतका प्रयोग नगरी विद्युतको मात्रै प्रयोग गर्ने जनाएको हो ।

कम्पनीको वार्षिक उत्पादन क्षमता विभिन्न प्रकारको पाँंच लाख वर्ग मिटर प्रिफ्याब इको प्यानल उत्पादन गर्ने रहेको छ । यसका लागि आवश्यक तयारीहरु ध्माधम तीव्र गतिमा भइरहेको जनाइएको छ । सस्टेनेविलिटी इन कन्सट्रक्सन्  टेक्नोलोजी (निर्माण प्रविधिमा दीगोपना) नाराका साथ कम्पनीले आफनो उत्पादन थाल्ने जनाएको छ । निर्माण सामाग्रीको दुनियाँंमा पछिल्ला वर्षहरुमा विभिन्न नयाँंनयाँं निर्माण सामाग्रीहरु उत्पादन भइरहेका छन् । यस क्रममा प्रिफ्याब इको प्यानल पनि एक हो । इटाको विकल्पमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा इको प्यानलको प्रयोग हुन्छ । हलुका, भूकम्प प्रतिरोधी हुनुलगायतका यसका विशेषताहरु हुन् ।

Source- कर्पोरेट नेपाल,