भक्तपुर । नेपाल इको प्यानल र कोरियन कम्पनी एसवाई प्यानल लिमिटेडवीच सोमबार एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवाल र एसवाई प्यानलका जनरल म्यानेजर विमलराज गोसाईले हस्ताक्षर गर्नुभयो ।

एसवाई प्यानलद्धारा उत्पादित छाना र नेपाल इको प्यानलद्धारा उत्पादित प्यानल एकअर्कामा बजार प्रबद्र्धन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस्तै दुई वटा कम्पनीवीच आआफूसँंग भएको प्रविधि आदानप्रदान गर्ने पनि सम्झौता पनि भएको छ । सम्झौतमा एसवाई प्यानलले उत्पादन गर्दै आएको युपीभसीको झयालढोका उत्पादन गर्दाको प्रविधि पनि एक आपसमा आदानप्रदान गर्ने सम्झौता भएको छ ।

एसवाई प्यानलले युपीभीसीका झयालढोकाको साथसाथै छानामा प्रयोग हुने स्याण्डविच प्यानलहरु उत्पादन गर्दै आएको छ भने नेपाल इको प्यानलले स्थायी तथा अस्थायी संरचनामा भित्री वा बाहिरी पार्टेशनको वालको रुपमा प्रयोग हुने वातावरण मैत्री निर्माण सामाग्री उत्पादन गर्दै आएको छ ।
थप सामग्री