काठमाडौं । विभिन्न व्यक्ति, संस्थाहरुको फोटो, लोगो विश्वकै अग्लो सर्वाेच्च शिखर सगरमाथामा पुग्ने क्रममा नेपाल इको प्यानलको लोगो अनि झण्डमा पनि पुगेको छ । सगरमाथा आरोही आङकाजी शेर्पाेले नेपाल इको प्यानलको लोगो र झण्डा सर्वाेच्च शिखर सगरमाथामा पु¥याएका हुन् ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले निर्माण सामाग्रीमा हरित क्रान्ति ल्याउने सन्देश दिन शेर्पाले नेपाल इको प्यानलको लोगो र झण्डा सगरमाथामा पु¥याएको बताए । वातावरणमैत्री निर्माण सामाग्रीको प्रयोगको सन्देश संसारभरि दिन यो काम गरिएको सीईओ दुवालले बताए ।

नेपाल इको प्यानल वातावणमैत्री निर्माण सामाग्री हो । वातावरण विनाशलाई जोगाई नेपाल इको प्यानलको उत्पादन हुन्छ । वातावरण विनास हुन नदिन उत्पादनको क्रममा यसमा कुनै पनि इनधनको प्रयोग हुँंदैन । साथै यो उर्जा किफायती पनि छ । बाहिरको तातोचिसो भित्र नपठाउने र भित्रको तातोचिसो बाहिर नपठाउने थर्माे इन्स्योलेशनका कारण यो हिमाल, पहाड अनि तराई सवैतिर उतिकै उपयुक्त हुने हुने सन्देश दिन पनि यो काम गरिएको बताइएको छ ।