आइएसओ. लिनका लागि प्रक्रिया अघि बढाएको छ । एकैपटक तीन वटा आइएसओ लिनका लागि कम्पनीले प्रक्रिया अघि बढाएको हो । यसका लागि कम्पनीले सफ्टटेक सिआई प्रालिसँंग सम्झौता गरेको छ ।

कम्पनीले गुणस्तरीय उत्पादन गर्नका लागि गुणस्तरीय व्यवस्थापन प्रणालीमा सुधार, वातावरणमैत्री तवरमा उत्पादन तथा व्यवसायिक सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकमा सुव्यवस्था गर्नका लागि प्रक्रिया अघि बढाएको जानकारी दिएकाे छ ।

कम्पनीले आइएसओ ९००१ः२०१५ (क्युएमएस), आइएसओ १४००१ः २०१५ (इएचएस) र आइएसओ ४५००१:२०१८ (ओएचएस) को लागि प्रक्रिया अगाडि बढाउन सम्झौता गरेकाे हो ।

सम्झौतामा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवाल र सफ्टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनार्दन घिमिरेले हस्ताक्षर गरेका छन् । इन्टिग्रेटेड म्यानेजमेन्ट सिस्टम (एकीकृत व्यवस्थापन प्रणाली) लागू गर्न दुई पक्षबीच सम्झौता भएको हो ।

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो ।