काठमाडौं । नेपाल इको प्यानलले भक्तपुरमा शनिबार विहानदेखि सुरु भएको कोरा भक्तपुर साइकलिङ च्यालेन्जका सहभागीलाई खानाको प्रायोजन गरिदिएको छ । विहानदेखि भक्तपुरको दरवार स्क्वायरबाट सुरु भएको साइकल च्यालेन्जका सहभागीहरुलाई नेपाल इको प्यानलले नगरकोटमा पुगेपछि खाना खुवाएको हो ।

नगरकोटको एउटा होटलमा खाना खाएर च्यालेन्जमा सहभागीहरु त्यहाँंबाट हिडेका छन् । च्यान्लेजको सस्टेनेविलिटी पार्टनर रहेर नेपाल इको प्यानलले सहयोग गरेको हो ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले सामाजिक उतदायित्व अन्तर्गत आफूहरुले सहयोग गरेको बताए । उनले स्वच्छ वातावरणका लागि साइकल अभियानलाई अगाडि वढेको भएर आफूहरुले साइकल च्यालेन्ज कार्यक्रमलाई सहयोग गरेको जनाए ।

निर्माण सामाग्री उत्पादन गर्दै आएको आफूहरुले आफूहरुको अभियानमा सहयोग गर्ने भएकोले सहयोग गर्दै आएको सीईओ ईन्जिनियर दुवालले जनाए । कम्पनीले वातावणमैत्री निर्माण सामाग्रीलाई जोड दिंदै त्यही अनुसारको निर्माण सामाग्री अर्थात् इको प्यानल उत्पादन गर्दै आएको छ । च्यालेन्ज आज शनिबार नै सकिने छ ।