भक्तपुर । नेपाल इको प्यानलले सहयोग गरेको टिम तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिता २०८० मा विजयी हुन सफल भएको छ । नेपाल इको प्यानलले आर्थिक, भौतिकलगायतको सहयोग गरेको पाण्डुबजार फुटबल क्लव प्रतियोगितामा पहिलो स्थान हासिल गर्न सफल भएको हो ।
शनिबार भएको फाइनल खेलमा सामाजिक युथ क्लव कोटेश्वर काठमाडौंलाई पराजित गरी पाण्डुबजार विजयी हुन सफल भएको हो । पाण्डुबजारले ३—२ गोलले जित हासिल गरेका हो ।
विजयी पाण्डुबजारको टिम नेपाल इको प्यानलको जर्सीमा मैदान प्रवेश गरेका थिए । विजयी पाण्डुबजार टिमले नगद रु एक लाख २५ हजारससहित टफी प्राप्त गरे । दोश्रो हुन बाध्य सामाजिकले ६५ हजार रुपैयाँ नगद पुरस्कार र टफी प्राप्त गरे ।
उनीहरु सवैलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा भएको थियो ।
नेपाल इको प्यानलले सहयोग गरेको टिम विजयी
11 Mar, 2024