काठमाडौं – राष्ट्रिय आवष्किार केन्द्रका संस्थापक एवं सामाजिक उद्यमी डा महावीर पुनः ले नयाँं निर्माण सामाग्रीको रुपमा बजारमा आएको नेपाल इको प्यानल गज्जवको निर्माण सामाग्री भएको बताएका छन् । राष्ट्रिय आवष्किार केन्द्रको भबन निर्माणमा नेपाल इको प्यानलको प्रयोग गरेपछि प्रतिक्रिया दिंदै उनले यसको प्रयोग गरी बलियो मजबुद संरचना बनाउन सवैसँंग आग्रह गरे ।

आविष्कार केन्द्रको पार्टेशन वाल तथा अन्य ठाउँंमा नेपाल इको प्यानलको प्रयोग गरेको जानकारी दिंदै उनले स्वदेशमै बनेको यो निर्माण सामाग्री सवै नेपालीलाई प्रयोग गर्न आग्रह गरे ।  यो स्वदेशमै बनेको निर्माण रहेछ, उनले भने, यसको प्रयोगबाट प्रत्येक वर्ष चुलिंदो व्यापार घाटामा केही मात्रामा भए पनि कमी आउनेछ । यसकारण यसको प्रयोग गरी आफना घर भबन बनाउन म सवै नेपालीसँंग अनुरोध छ । यो प्रोडक्ट राम्रो रहेको आफूले प्रयोग गरेपछि थाहा भएको उनले जनाए ।

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । यसको कारखाना भक्तपुर भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।

Source: NepalKura